जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कुमार गुरुङ्गको पहिलो अभिनित म्युजिक भिडियो ‘किन न बोलेकी’सार्वजनिक ( भिडियो सहित )

जन्मभुमि खबर ,
पोखरा ।

कुमार गुरुङ्ग अभिनित पहिलो म्युजिक भिडियो ‘किन न बोलेकी’ बोल सार्वजनिक गरिएको छ ।

समिप इन्टरटेन्मेनले बजार ब्यवस्थापन गरेको उक्त भिडियोमा राजु ज्ञ्याबाक ,दिवा पैजा, कुमार गुरुङ्गको अभिनय रहेको छ । लोकपप शैलीमा रहेको गितमा समिर थापाको आवाज रहेको छ भने छायांकन मिलन शंकर ,सम्पादन नकुल खड्काको रहेको गीतलाई रोहन नेपालीले निर्देशन गरेका हुन् ।

त्रिकोणात्त्मक प्रेमकथा बोकेको यस गितको छायांकन पोखराको आसपासमा रहेको सुन्दर बस्तीहरुमा गरिएको छ । मगर समुदायको सस्कृती युवा, युवती बिचको माया प्रेमका तितामिठा पलहरुलाई आफ्नो कथामा उतार्न पाउदा आफु धेरै नै खुशि रहेको र यस गीतले दर्सक र स्रोताहरुको मन जित्न सफल हुने छ भन्ने म्युजिक भिडियोका निर्देशक बताउछन् ।

यस गितबाट निकै आशावादी रहेका गुरुङ फरक स्वाद र मौलिक गाउघरको कथा बोकेको गितलाइ दर्शक श्रोताले मन पराउनेमा विश्वत्त छन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्