जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्की लकडाउन सोमबार ६१३ जना व्यक्ति र १ सय ५७ गाडी प्रहरी होल्डमा

जन्मभुमि खबर,
पोखरा ।

पोखरा । कास्कीमा सोमबार निषेधाज्ञा उल्लंघन गर्ने ६ सय १३ जना व्यक्ति र १ सय ५७ सवारी नियन्त्रणमा लिएर छाडेको छ ।

जसमा ३ सय ४३ पुरुष र २ सय ७० महिला रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

त्यस्तै निषेधाज्ञामा बिना काम चलाइएको १ सय ५७ सवारी पनि नियन्त्रणमा लिइएको हमालले बताए । जसमा १ सय १२ दुईपाग्रे र ४५ चारपाग्रे सवारी छन् । ‘यो दिउँसो २ बजेसम्मको डाटा हो,’ उनले भने, ‘उनले ५ बजेसम्म अझै बढ्न सक्छ ।’ प्रहरीको नियन्त्रणमा पर्नुभन्दा नागरिक आफै सजग हुनुपर्ने हमालको भनाई छ ।

नियन्त्रणमा लिएको मानिस र सवारी साधनलाई केही समयमा सम्झाइ बुझाइ छाडिएको हमालले जनाए । निषेधाज्ञाको पालना गर्न गराउन करिब ६ सय ९५ प्रहरी कर्मचारी परिचालन गरको पनि हमाले जानकारी दिए । पोखराको प्रत्येक चोकमा सुरक्षकर्मीहरु बसेर निषेधाज्ञा उल्लघंन गर्नेलाई सम्झाइ बुझाइ छाडेको छ ।