जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

‘कास्की मोडेल हस्पिटल’ मा मुक्तिनाथ विकास बैंकका ग्राहकलाई विशेष छुट

जन्मभुमि खबर ,
पोखरा ।

मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन पोखराको न्युरोडमा स्थित ‘कास्की मोडेल हस्पिटल’ सँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ।

यस सम्झौतापश्चात् मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले पोखराको न्युरोडस्थित ‘कास्की मोडेल हस्पिटल’मा विभिन्न सेवा सुविधाहरूमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।