जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्की मादी गाँउपालिकामा खानेपानीका पाइपहरू चोरी गर्ने ४ जना पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

कास्की जिल्लाको  मादी गाँउपालिका वडा नं.७ काउरेडाँडा स्थित सडक छेउमा रहेको थाक खोलाको खानेपानी संस्थानको पाइपहरू चोरीमा संलग्न ब्यक्तिहरु पक्राउ परेका छन्।

वडा प्रहरी कार्यालय रामबजारबाट सूचनाको आधारमा खटिई गएको प्रहरी टोलीले ग १ त ५१३७ नम्बरको ट्याक्टरमा लोड गरी मादी गा.पा. वडा नं.५ तर्फ ल्याउँदै गर्दा फेला पारी पक्राउ गरेको हो।

घटनामा संलग्न जिल्ला कास्की मादी गा.पा. वडा नं.७ थाक बस्ने ३५ वर्ष  को रमेश गुरुङ, सोहि ठाउ बस्ने वर्ष २६ को निरज तामाङ, सोहि ठाउ  घर भई हाल पोखरा म.न.पा. वडा नं.१० बस्ने ३४ वर्ष को खरजंग गुरुङ र जिल्ला लम्जुङ मध्यनेपाल न.पा. वडा नं.८ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.१३ कसेरी बस्ने २३ वर्ष को रिदम भन्ने सुनिल परियारलाई जिल्ला अदालत कास्की बाट चोरी तथा डाँका मुद्दामा ६  दिन म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी गराएको छ।