जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्की परिवार दक्षिण कोरियाको पहलमा अक्सिजन कन्सनटेट्रर तथा औषधि जन्य सामाग्री वितरण सम्पन्न

कास्की परिवार दक्षिण कोरियाले कास्की जिल्लामा अक्सिजन कन्सनटेट्रर तथा औषधि जन्य सामाग्री वितरण कार्यक्रम सम्पन गरेको छ।      कास्की परिवार दक्षिण कोरियाको सहयोग, कास्की आदर्श समाज अन्तर्राष्ट्रिय परिषद र नेपाल च्याप्टरको समन्वयमा कोराना सङ्क्रमण रोकथाम तथा औषधी उपचारका निम्ती आवश्यक सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको संयोजकत्व कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद का अध्यक्ष श्री निरज कुमार थापा ज्युले गर्नु भएको थियो ।   दक्षिण कोरियामा रहेर विभिन्न पेसामा आवद्ध रहनुभएका कस्केलि हरुको साझा संस्था “कास्की परिवार दझिण कोरिया” को आर्थिक सहयोग संकलन अभियान मार्फत संकलित रकम बाट कास्की जिल्लाका अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, रुपा गाउँपालिका, मादि गाउँपालिका ,र पोखरामाहानगर पालिका अन्तर्गतको वडा नम्बर २१ मा अक्सिजन कन्सनट्रटेर ,पल्स अक्सिमिटर, डिजिटल थर्मोमिटर ,थर्मल गन, अक्सिजन माक्स, सर्जिकल माक्स, हेन्ड सेनेटाइजर, पन्जा लगायतका अति आवश्यक सामग्रीहरू विहिवार कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद नेपाल च्यापटर को कार्यलय मालेपाटन ५ पोखरा मा वडा र गाउँपालिका अध्यक्ष र प्रतिनिधि हरुलाइ हस्तान्तरण गरिएको छ । 

कास्की परिवार दक्षिण काेरियाले यस कोरोना माहामारीमा आफ्नो गृह जिल्लालाई सहयोग गर्ने उद्देश्यका साथ एक हप्ते सहयाेग संकलन अभियान सञ्चालन गरि ३८,२२,२२० काेरियन वाेन संकलन गरेकाे थियो भने संस्थागत तर्फबाट १८,४४,०५० वाेन समेत गरि जम्मा ५६,६६,२७० काेरियन वाेन बाट अक्सिजन तथा आति आवश्यक अाैषधिजन्य सामाग्रीहरू खरिद गरेकाे व्याेहाेरा संस्थाका सह-काेषाध्यक्ष एस.पि अधिकारी र कार्य समिति सदस्य पुष्प भण्डारीले जानकारी दिनुभयाे ।

संस्थाका सल्लाहकार डा. प्रदीप अधिकारी ज्युकाे नेतृत्वमा ६ सदस्यीय उप-समिति द्वारा आवश्यक सामग्रीहरूको अध्ययन, सामाग्रीहरुकाे काेटेशन माग , छलफल तथा खरिद गरी उचित मापदण्ड अनुसार जिल्लाका विभिन्न निकायहरूमा वितरण गरिएको कुरा जानकारी संस्थाका अध्यक्ष प्रविण गिरीले जानकारी गराउनु भएको छ ।

सामाग्री हस्तान्तरण कार्यक्रममा मादी गाउँपालिकाका अध्यक्ष वेद बहादुर गुरुङ , माछापुच्छ्रे गाउँपालिकाकी उपाध्यक्ष कृष्ण कुमारि पाैडेल दवाडी , अन्नपूर्ण गाउँ पालिकाका प्रतिनिधि प्रभात पौडेल, रुपा गाउँपालिकाका प्रतिनिधि सन्तोष पौडेल, पोखरा माहानगरपालिका वडा २१ का प्रतिनिधि अर्जुन गिरि लाई आफ्नो आफ्नो गाउपालिका तथा वडाका निम्ति छुट्याइएको सामाग्रीहरू हस्तान्तरण गरिएको थियो ।

कास्की समाज नेपाल च्याप्टरका सह संयोजक विकास अधिकारीले संचालन गर्नु भएको उक्त कार्यक्रममा कास्की परिवार दक्षिण कोरियाका नि-वर्तमान अध्यक्ष, सल्लाहकार ज्युहरु, कास्की आदर्श समाजका व्यक्तित्वहरू लगायत विभिन्न ठाउँमा समन्वय गर्ने व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

कोभिड १९ माहामारिमा वजार केन्द्रित भएर वसेका मानिसहरु गाउँ फर्केर जादा गाउँघर तिर थप संक्रमण वढ्दै गइरहेको अबस्थालाई मध्यनजर गर्दै ग्रामिण भेगतिर अक्सिजन सिलिन्डर को प्रयोगमा कठिनाइ हुने भएको हुदा, गाउँपालिकाका स्वास्थ चिकित्सक र अध्यक्षहरुसँग परामर्श गरि सहयोग सामाग्री वितरण गाउँपालिकामा बढि केन्द्रित गरिएको व्यहोरा COVID-19, Quick Decision Team का संयोजक तथा संस्थाका सल्लाहकार डा. प्रदीप अधिकारी ले जनाकारि दिनु भयो।

कोरियामा बस्ने कास्केलिहरूको सहयोग मार्फत पठाइएको अक्सिजन कन्सनट्रेटर र अति आवश्यक स्वास्थ्य समाग्रीहरू सम्बन्धित ठाउँमा भरपुर उपयोग हुने र यस कोरोना महामारी विरूद्ध लड्नका निम्ति सहयोग पुर्याउने विस्वास रहेको कुरा COVID-19, Quick Decision Team का सदस्य तथा यस संस्थाका सल्लाहकार प्रकाश देवकोटा र कार्यसमिति सदस्य ह्योसोप श्रेष्ठले बताउनुभएको भएको छ ।यस कार्यमा सक्रिय सहभागिता जनाउने सम्पुर्णमा हार्दिक धन्यबाद ज्ञापन गर्दै आगामी दिनका कार्यक्रममा पनि निरन्तर हातेमालो गर्ने कुरामा कास्की परिवार दक्षिण कोरिया बिस्वस्त रहेको छ।