जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्की क्षेत्र नं २ : स्वतन्त्र पार्टीको अग्रता, एमाले पछिपछि

कास्की निर्वाचन क्षेत्र नं २ को मतगणना सुरु भएको छ । सर्वदलीय सहमतिका आधारमा आज बिहान २ बजेदेखि मतगणना सुरु गरिएको हो ।

पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलको अग्रता रहेको छ ।

उनले अहिलेसम्म ३ सय ८९ मत प्राप्त गरेका छन् ।

उनलाई नेकपा एमालेकी विद्या भट्टराईले २ सय ११ मतका साथ पछ्याइरहेकी छन् ।

त्यस्तै नेकपा समाजवादीका श्रीनाथ बरालले १ सय ४४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्वणराज पन्तले १ सय २ मत प्राप्त गरेका छन्

क्षेत्र नं २ (१) मा गठबन्धनका तर्फबाट विश्वप्रकाश लामिछाने, नेकपा (एमाले)का तर्फबाट भीम कार्की, राष्ट्रिय नागरिक पार्टीका तर्फबाट चेतबहादुर महतलगायत उम्मेदवारी छ भने प्रदेश सभा (२)मा गठबन्धनका तर्फबाट विन्दुकुमार थापा, एमालेका तर्फबाट मीना गुरुङलगायतको उम्मेदवारी छ ।