जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीमा ६४ जना सहित शुक्रबार गण्डकी प्रदेशमा ८६ जनामा कोरोना संक्रमण पुष्ठि

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा आज थप ६४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र पोखरा तथा लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ६४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर २ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा १२ र १४ वर्षीय १ जना बालकसहित ५१ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

३ नम्बर वडामा ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ७१ वर्षीय १ जना महिलासहित २१ र ७८ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा ४ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २० वर्षीय १ जना महिलासहित २५ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर ५ मा ४ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा १९ वर्षीय १ जना किशोर तथा २७ र ५३ वर्षीय २ जना पुरुषसहित ६१ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ६ मा ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ३०, ३९ र ५८ वर्षीय ३ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

७ नम्बर वडामा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ६२ वर्षीय १ जना महिला तथा ६९ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा ८ मा ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा २६, २९ र ४३ वर्षीय ३ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर ९ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २३ र ४९ वर्षीय १ जना पुरुष तथा ३५ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १० मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २२ र ३६ वर्षीय २ जना महिलासहित २९ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

११ नम्बर वडामा ७ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा १९ वर्षीय १ जना किशोरी, २७ र ३० वर्षीय २ जना महिला तथा २२ वर्षीय १ जना, २५ वर्षीय २ जना तथा ३६ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा १२ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ४० र ५८ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर १३ मा २९ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १४ मा ३५ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१५ नम्बर वडामा ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ५३ वर्षीय १ जना पुरुषसहित २२ र ६२ वर्षीय २ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा १६ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ४२ वर्षीय १ जना पुरुष तथा ४६ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर १७ मा ४ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा २५ र ३५ वर्षीय २ जना महिला तथा ३७ र ४८ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १८ मा ६२ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१९ नम्बर वडामा ३२ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

पोखरा २१ मा ३० वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर २५ मा ७० वर्षीय १ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर २६ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ५६ वर्षीय १ जना महिलासहित २७ र ३१ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

२७ नम्बर वडामा २० वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।

पोखरा २९ मा ३० वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर ३० मा ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३८, ४५, ४६ र ५३ वर्षीय ४ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ३१ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ४० र ४४ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर ३२ मा ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ३६ वर्षीय १ जना महिलासहित ३५ र ६८ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

हाल कास्कीमा ५ सय ५६ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।

त्यस्तै गण्डकी प्रदेशका अन्य जिल्ला गोरखामा ५ जना, बाग्लुङमा ३, तनहुँमा ६, म्याग्दीमा २ जना, पर्वतमा २ जना तथा स्याङ्जामा ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १७ हजार ५ सय ७४ पुगेको छ ।