जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीमा मृत्यु हुनेको संख्या उच्च,पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु,३०६ जनामा संक्रमण

जन्मभुमि खबर,
पोखरा ।

कास्कीका पछिल्लो २४ घण्टाका अवधिमा ३ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो । त्यसैगरि कास्कीमा थप ११ जनाका संक्रमणबाट ज्यान गएको छ । ससँगै कास्कीमा अहिलेसम्म ज्यान गुमाउनेको कुल संख्या १ सय ८५ पुगेको छ ।