जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीमा बुधबारदेखि एक हप्ता निषेधाज्ञा,सवारी साधनमा जोर विजोर लागू

जन्मभुमि खबर,
पोखरा ।

जिल्ला प्रशासन कार्यालय, कास्कीले पर्सि बुधबारदेखि एक साताका लागि निषेधाज्ञा जारी गरेको छ ।

अत्यावश्यक सेवा बाहेक जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक तथा निजी सवारीमा जोडबिजोर लागू गरिएको छ । जोर गते जोर नम्बर र विजोर गते बिजोर नम्बरको सवारी चलाउनुपर्नेछ ।

सिनेमा हल, पार्टी प्यालेस, क्लब, फुटसल, खेलकुद स्थान, ब्युटीपार्लर, सैलुन, फुटटपाथ पसल सेवा तथा स्थानहरु बन्द हुनेछन् । विवाह, ब्रतबन्ध एवं अन्य संस्कारजन्य कार्य पार्टी प्यालेस वा होटलमा गर्न पाइने छैन भने घरमा गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने छ र १५ भन्दा बढी सहभागी हुन पाइने छेन ।

दैनिक उपभोग्य खाद्यान्न र निर्माण सामाग्रीका पसलहरु विहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म खोल्न पाइनेछ । अरु पसल, डिपार्टमेन्ट स्टोर सपिङ मल बन्द हुनेछन् ।

बैंक तथा वित्तिय संस्था न्यूनतम कर्मचारी राखेर सञ्चालन गर्नुपर्नेछ भने होटल तथा रेष्टुराँले विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म टेक अवे सेवा दिन सक्नेछन् ।