जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीमा पूर्ण रूपमा निषेधाज्ञा हट्यो :सुरक्षा मापदण्डहरु अपनाइ सबै शैक्षिक संस्था र रात्रीकालिन व्यवसाय संचालन गर्न पाइने

जन्मभुमि खबर,
पोखरा ।

जिल्ला प्रशासन कार्यलय कास्कीले ५ महिना लामो निषेधाज्ञा हटाएको छ । बुधबार प्रशासनले जारी गरेको आदेशमा सोज १ गते बिहान ७ बजेदेखि निषेधाज्ञा हट्ने उल्लेख छ ।

वैशाख १५ देखि कायम निषेधाज्ञा पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरी खोल्न आदेशमा भनिएको छ । आदेशमा विश्वविद्यालय, क्याम्पस, विद्यालय लगायतका सबै शैक्षिक संस्थामा स्थानीय तहसँगको समन्वयमा भौतिक उपस्थितमा पठनपाठन कार्यक्रम सञ्चालन गर्न सकिने जनाइएको छ ।

भार क्षमताको आधा ग्राहक राखेर सञ्चालन भइरहेका होटेल तथा रेस्टुरेन्ट पूर्ण रुपमा खोल्न स्वीकृति दिइएको छ । उनीहरुले स्वास्थ्य मापदण्ड अपनाई बेलुका साढे ११ बजेसम्म खोल्न पाउनेछन् ।

यस्तै, रात्रिकालीन व्यवसायहरु नाचघर, क्लब, डान्सबार, दोहोरी स्वास्थ्य मापदण्ड पालना गरी राति साढे १ बजे सम्म सञ्चालन गर्न सकिने आदेशमा जनाइएको छ । प्रशासनले संक्रमणको जोखिम पूर्णरुममा हटिनसकेको हुँदा स्वास्थ्य मापदण्डको पालना र आदेश कार्यान्वयनका लागि सबै जिल्लाबासीमा अनुरोध गरेको छ ।