जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीमा आजबाट परिवर्तित लकडाउन लागु,निजी सवारीमा जोर बिजोर, व्यवसाय तथा पसलहरु १२ बजेसम्म खुल्ने

जन्मभुमि खबर,
पोखरा ।

कास्कीमा आजदेखि लागू हुनेगरी असार १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

कास्की प्रशासनले नयाँ भेरियन्ट सहितको कोभिड १९ को संक्रमणदर र मृत्युदरमा केहि कमि आएको भएतापनि स्थिति अपेक्षाकृत नियन्त्रणमा आइनसकेको भन्दै विभिन्न सेवा खुकुलो पारेर निषेधाज्ञाको अवधि एक साता थप गरेको हो ।

आजदेखि लागु हुने निषेधाज्ञामा जोरबिजोरका आधारमा निजी सवारीसाधन संचालन हुने छन् भने विभिन्र पेसा, व्यवसाय तथा पसलहरु बिहान ५ बजे देखि १२ बजेसम्म खुल्ने छन।

निजी सवारीसाधन अन्तर्गत दुई पाङ्ग्रे र चार पाङ्ग्रे साना सवारी साधनहरु जोर गते जोर नम्बर तथा बिजोर गते बिजोर नम्बरका गाडी मात्र चल्नेछन । साना निजी सवारी चार पाङ्ग्रे र दुई पाङ्ग्रेले स्वास्थ्य मापदण्ड अपनाएर अनावश्यक व्यक्ति नचढाइ बढीमा चारपाङ्ग्रेका हकमा चालकसहित ४ जना यात्रु मात्र राख्न पाइने छ ।

प्रशासन कार्यालयका अनुसार औषधी तथा स्वास्थ्य सामग्रीका पसलहरु २४ सै घण्टा खुला रहन पाउने छन् । तर निषेधाज्ञामा यस अघि जस्तै सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेण्ट, चिया तथा खाज पसल, होटल, नाँचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रंगशाला, फुटशल, खेलकूद स्थल, जिमखाना, फिटनेश सेन्टर, स्पा, स्वीमि पुल, व्युटी पार्लर, शैलुनर फुटपाथ पसल लगायतका सेवा एवम् स्थलहरु खोल्न तथा संचालन गर्न रोक लगाइएको छ ।