जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीमा आजदेखि कडा निषेधाज्ञा,निर्माण सामाग्री बोक्ने साधनहरु बेलुका ८ बजेदेखि बिहान ४ बजेसम्म मात्र संचालन (तस्वीर सहित)

कास्कीमा आज (शनिबार)देखि एक साताका लागि झनै कडा कडा किसिमको थप निषेधाज्ञा आदेश गरिएको छ।
यसअघिको भन्दा यस पटकको निषेधाज्ञामा कडाइ गरिएको हो।

थप गरिएको निषेधाज्ञा जेठ १ गते विहान ५ बजेदेखि जेठ ७ गते राती १२ गतेसम्म लागू हुने जनाइएको छ।

यस पटकको निषेधाज्ञामा सभा सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सभा, जुलुस, जात्रा, महोत्सव लगायतका मानिसहरु भेला हुने र भीडभाड गर्ने गतिविधिहरु केही गर्न पाइने छैन।
अत्यावश्यक बाहेक सार्वजनिक तथा निजी सवारी साधन यस पटक पनि चलाउन पाइने छैन।

यस पटक कर्मचारीहरु घरबाट कार्यालय जान बिहान ९ बजेदेखि १० बजेसम्म र घर फर्किन साँझ ५ बजेदेखि ६ बजेसम्मको समय छुट्याइएको छ।

प्रशासनले निषेधाज्ञाको अवधीमा अत्यावश्यक बाहेकका सबै कार्यहरुमा रोक लगाएको छ ।
सबै धार्मिक स्थलहरु जनस्वास्थ्यको मापदण्डको पालना गरि नित्य पूजा, ध्यान, प्रार्थनामात्र गर्ने गरि अन्य कार्य नगर्ने, नगराउन भनिएको छ। यस पटकको निषेधाज्ञाको अवधीमा कास्की जिल्ला प्रशासनले शैक्षिक संस्था, तालिम, प्रशिक्षण केन्द्रहरु तथा विद्यालयबाट भौतिक रुपमा उपस्थित भएर लिइने सबै प्रकारका पठनपाठन तथा परीक्षाहरु स्थगित गर्ने, सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट, चिया तथा खाजा पसल, नाचघर, क्लव, डान्सबार, दोहोरी साँझ, फनपार्क, रंगशाला, फुटसल, जिमखाना, स्वीमिङपुल, व्युटीपार्लर, शैलुन, सुनचाँदी, टेलरिङ लगायतका स्थान तथा पसलहरु बन्द गर्ने निर्णय गरेको छ।

यस पटकको निषेधाज्ञाको अवधीमा कास्की जिल्ला प्रशासनले शैक्षिक संस्था, तालिम, प्रशिक्षण केन्द्रहरु तथा विद्यालयबाट भौतिक रुपमा उपस्थित भएर लिइने सबै प्रकारका पठनपाठन तथा परीक्षाहरु स्थगित गर्ने, सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट, चिया तथा खाजा पसल, नाचघर, क्लव, डान्सबार, दोहोरी साँझ, फनपार्क, रंगशाला, फुटसल, जिमखाना, स्वीमिङपुल, व्युटीपार्लर, शैलुन, सुनचाँदी, टेलरिङ लगायतका स्थान तथा पसलहरु बन्द गर्ने निर्णय गरेको छ।

त्यसैगरि विवाह, ब्रतबन्ध एवं अन्य संस्कारजन्य कार्यक्रमहरुमा तोकिएको सुरक्षा मापदण्ड पालना गरी १० जना भन्दा सहभागी हुन नपाइने जनाएको छ।

निषेधाज्ञाको समयमा एम्बुलेन्स, बिरामी तथा बिरामी कुरुवा बोक्ने सवारी, दमकल, शववहान, खाद्यसामाग्री, तथा पशुपंक्षीका दाना, तरकारी, फलफूल, दुग्ध पदार्थ, माछा, मासु, पेट्रोेलियम पदार्थ बोकेका सवारी, औषधी तथा स्वास्थ्य सेवाका सामाग्रीका साधन लगायतलाई संचालनको अनुमती दिने निर्णय गरेको छ।

यस्तै, सरकारी प्राथमिकता प्राप्त आयोजनाका लागि निर्माण सामाग्री बोक्ने सवारी साधनहरु बेलुका ८ बजेदेखि बिहान ४ बजेसम्म संचालन

सो अवधीमा औषधी एवं स्वास्थ्य सामाग्रीका पसलहरु २४ सै घण्टा खुल्ला रहने भएपनि दैनिक उपभोग्य खाद्यन्न, तरकारी, फलफूल, दुध, फ्रेस हाउसहरु भने बिहान ५ बजेदेखि ९ र बेलुका ५ बजेदेखि ७ बजेसम्म मात्रै खुला गर्न पाइनेछ। यो बाहेकका पसलहरु भने बन्द नै रहने जनाइएको छ।