जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीको लुम्लेतर्फ जाँदै गरेको मोटरसाईकल अनियन्त्रित भइ बिजुलीको पोलमा ठक्कर खाँदा १८ वर्षीय युवकको मृत्यु

जन्मभुमि खबर,
पोखरा ।

मोटरसाईकल अनियन्त्रित भइ बिजुलीको पोलमा ठक्कर खाँदा एक युवकको मृत्यु भएको छ।

सोमबार दिउँसो साढे १२ बजेको समयमा माछापुछ्रे गाउँपालिका वडा नं -८ रिभान स्थित लुम्लेतर्फ जाँदै गरेको ग १४ प ९७५५ नंवरको मोटरसाईकल आफै अनियन्त्रित भइ पोलमा ठक्कर खाँदा सोही वडा निवासी १८ वर्षीय लक्की विकको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।

प्रहरीका अनुसार बिजुलीको पोलमा ठोक्किएर गम्भीर घाइते भएका उनलाई तत्काल पोखरा स्थित फिस्टेल अस्पताल ल्याइएकोमा चिकित्सकले चेक जाँचका क्रममा मृत घोषणा गरेका थिए ।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु भैरहेको प्रहरीको भनाई छ ।