जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीको माछापुच्छ्रे १ करुवास्थित सेतिमा पुरुषको शव फेला

जन्मभुमि खबर ,
पोखरा ।

माछापुच्छ्रे गाँउपालिका वडा नम्बर १ करुवा स्थित सेति नदिमा शव फेला परेको छ । करुवाका २५ वर्षीय जगत पुनको शव फेला परेको हो ।

१ वैशाखदेखि हराइरहेका एक युवकको शव सशस्त्र प्रहरी बलको गोताखोरले सेती नदीको १ सय ५० मिटर गहिराईमा ढुंङ्गामा अड्किएको अवस्थामा सोमबार दिउँसो निकालेको हो ।

उनी सेतीको खोँचमा अड्किएको देखेपछि स्थानीयले सशस्त्र प्रहरी बल नेपालको पोखरास्थित नं. २४ कालिका गणलाई खबर गरेका थिए ।

सेती नदीको १ सय ५० मिटर गहिरो खोँचबाट पुनको शव निकालेर पोष्टमार्टमको लागि मणिपाल शिक्षण अस्पताल पठाएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।