जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा दुई तले घरमा आगलागी, १५ लाख बराबरको क्षति

जन्मभुमि खबर,
पोखरा ।

कास्की माछापुच्छ्रे गाउँपालिका -१ धिप्राङको एक घरमा आगलागी भएको छ ।

मंगलबार राति स्थानीय केशरी गुरुङको  दुई  तले घरमा अचानक आगलागी हुँदा ढुङ्गा माटोले बनेको घरमा क्षति पुगेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।

आगलागीबाट करिब १५ लाख बराबरको भौतिक क्षति भएको डिएसपी अर्यालले जानकारी दिनुभयो ।