जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीको माछापुच्छ्रे गाउॅपालिकामा बिजुलीको ट्रान्फर्मर चोरी , अन्धकारमा वडा नं ८ का बासिन्दा

जन्मभुमि खबर ,
पोखरा ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ स्थित लिदिखोलामा जडान गरिएको विद्युत्‌को ट्रान्सफर्मर चोरी भएको छ । विद्युत् प्रवाह गर्नका लागि लगाइएको सिंगै ट्रान्सफर्म नै चोरी भएको वडाध्यक्ष राम गुरुङले जानकारी दिए ।

उनका अनुसार बुधबारसम्म पोलमै रहेको ट्रान्सफर्मर बिहीबार थिएन । अन्य उपकरण पनि भुइँमा छरिएका छन् ।

यस वडाले हालसम्म ल्वाङमा रहेको ट्रान्सफर्मरबाट विद्युत् उपभोग गर्दै आएको थियो । तर, वडामा रहेको ५/६ वटा पोल्टी फार्मलाई बढी विद्युत् चाहिने र टाढाबाट तार तानेर ल्याउँदा समस्या देखिएको थियो । वडाको सिफारिसमा नेपाल विद्युत् प्राधिकरणले गत मंसिरमा ट्रान्सफर्मर राखेको थियो ।

ट्रान्सफर्मर चोरी भएपछि यतिबेला वडा नं ८ का बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन ।

चोरीको विषयमा प्रहरीलाई जानकारी गराइएको गुरुङले जानकारी दिए ।