जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीको भदौरेमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १० जना घाइते

जन्मभुमि खबर ,
पोखरा ।

कास्कीको अन्नपुर्ण गाउँपालिका भदौरेमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु १० जना घाइते जना भएका छन् । पोखराबाट भदौरे जाँदै गरेको ग १ ज ४५४७ नम्बरको जिप सल्लाघारीमा सडकबाट २ सय ५० मिटर तल झरेको हो ।

घाइते १० जनालाई उद्वार गरि पोखरा स्थित अस्पताल तर्फ ल्याईएको छ । सशस्त्र प्रहरी बल कालिका गण, स्थानीय बासिन्दा र नेपाल प्रहरीको सहयोगमा जीपमा थप ब्यक्ति समेत हुन सक्ने आशंकामा दुर्घटना स्थल वरपर सर्च भइरहेको कास्की प्रहरीका इन्स्पेक्टर सूर्यबहादुर रानाले जानकारी दिए ।

मृत्यु हुनेमा पोखरा २४ पामेका ५५ वर्षीय लक्ष्मण सुनार र ५२ वर्षका जयराम सुनार रहेको प्रहरीले जनाएको छ ।

घटनामा अन्नपूर्ण गाउँपालिका वडा नं. ४ का २२ वर्षका धनराज सुनार, त्यही ठाउँका ७ वर्षीय बालक आरुष विक, ४१ वर्षीय राजकुमार विक र ५० वर्षीया देउमाया केसी , पोखरा-३३ खोलाखेतका ५८ वर्षीय लक्ष्मण कामी, कार्कीतगराका ५० वर्षीय लक्ष्मण सुनार, अन्नपूर्ण-५ सल्यानका ३३ वर्षीय प्रकाश सुनार, १४ वर्षीया सोविसा सुनार र २ वर्षीय सुप्रिम सुनार घाइते भएका छन् ।

घाइतेको उद्धार गरी पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मणिपाल शिक्षण अस्पताल पठाइएको छ ।