जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीका ९ जना सहित गण्डकीमा थप २४ जनाको मृत्यु पुष्टि, सोमबार कास्कीका ४०५ सहित गण्डकीमा ८५९ जनामा संक्रमण

जन्मभुमि खबर,
पोखरा ।

सोमबार कास्कीका ४०८ सहित गण्डकीमा थप ८५९ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी दैनिक विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीमा थप ८५९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज संक्रमण पुष्टि हुनेमा प्रदेशका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ४०८ जना, तनहुँका २३ जना, मनाङका पाँच जना, लमजुङका ७९ जना, र नवलपुरका १४२ जना छन् ।

यस्तै, स्याङ्गजाका ३५ जना, पर्वतका २१ जना, बाग्लुङका ६२ जना र म्याग्दी जिल्लाका ८४ जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ।

आज पुष्टि भएका संगै गण्डकीमा कोरोना संक्रमितको कुल संख्या २९ हजार ४१ पुगेको छ।

पछिल्लो २४ घण्टामा गण्डकीमा थप २४ जना संक्रमितको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका नौ जना, म्याग्दीका एक जना, पर्वतका तीन जना, गोरखाका एक जना, लमजुङका एक जना, तनहुँका दुई जना, बाग्लुङका एक जना, स्याङ्गजाका पाँच जना र नवलपुरका एक जना छन् ।

योसंगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४०७ पुगेको निर्देशनालयले जानेको छ।