जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीका ७ जना सहित गण्डकीमा थप १८ जनाको मृत्यु पुष्टि,बिहीबार कास्कीका ११८ जना सहित गण्डकीमा ५६६ जनामा संक्रमण पुष्ठि

जन्मभुमि खबर,
पोखरा ।

कास्कीमा दैनिक कोरोना संक्रमित थपिनेको संख्यामा कमी आएपनि पछिल्ला दिनमा मृतकको संख्यामा कमी आउन सकेको छैन । अहिले दिनहुजसो ६/७ जनाको हाराहारीमा मृत्यु हुने गरेको तथ्यांक छ ।

आज पनि कास्कीमा ७ जनाको संक्रमणका कारण ज्यान गएको छ । यससँगै गण्डकीमा आज १८ जनाको ज्यान गएको छ ।

त्यस्तै कास्कीमा पछिल्लो २४ घण्टाको अवधिमा १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा ५ सय ६६ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो ।