जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीका ६ जना सहित गण्डकीमा थप १७ जनाको मृत्यु पुष्टि,बिहीबार कास्कीका ४४५ जना सहित गण्डकीमा १७३३ जनामा संक्रमण पुष्ठि

जन्मभुमि खबर,
पोखरा ।

पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ७३३ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीका ३ हजार ३९९ जनामा गरिएको नमुना परीक्षणमा उक्त सङ्ख्याका मानिसको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

आज पुष्टि भएका संक्रमित प्रदेशका १० जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ४४५ जना, तनहुँका १७० जना, गोरखाका २१९ जना, लमजुङका ६५ जना, नवलपुरका १११ जना र स्याङ्गजाका ९५ जना छन् ।

यस्तै, पर्वतका ११९ जना, बाग्लुङका ४१६ जना र म्याग्दी जिल्लाका ९३ जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३९ हजार ६८७ पुगेको छ । जसमा सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट १ हजार १८८ कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २७ हजार ८२६ पुगेको छ।

बिहीबार पनि गण्डकीमा थप १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ । मृत्यु पुष्टि हुनेमा कास्कीका छ जना, तनहुँका एक जना, नवलपुरका तीन जना, स्याङ्गजाका चार जना, पर्वतका दुई जना र म्याग्दीका एक जना छन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५९४ पुगेको निर्देशनालयले जनाएको छ ।