जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीका ६ जना सहित गण्डकीमा थप १७ जनाको मृत्यु पुष्टि,सोमबार कास्कीका १६५ जना सहित गण्डकीमा ७९१ जनामा संक्रमण पुष्ठि

जन्मभुमि खबर,
पोखरा ।

पछिल्लो २४ घण्टामा गण्डकीका ७९१ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोनासँग सम्बन्धि दैनिक विज्ञप्ति अनुसार गण्डकीका २ हजार ४१५ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज पुष्टि भएका संक्रमित प्रदेशका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ४९९ जनाको परीक्षण गर्दा १६५ जना, तनहुँका १७३ जनाको परीक्षण गर्दा ७० जना, गोरखाका ५८८ जनाको परीक्षणमा १९६ जना, लमजुङका २१० जनाको परीक्षणमा ६७ जना, नवलपुरका ३५६ जनाको परीक्षण गर्दा १२५ जना र स्याङ्गजाका १९७ जनाको परीक्षण गर्दा ५६ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, पर्वतका ८७ जनाको परीक्षण गर्दा २९ जना जना, बाग्लुङका २०१ जनाको परीक्षण गर्दा ५७ जना र म्याग्दी जिल्लाका १०४ जनाको परीक्षण गर्दा २६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४७ हजार २९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट १ हजार ५३० जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ३८ हजार ६६ पुगेको छ।

शनिबार पनि गण्डकीमा १७ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा पोखराका छ जना, तनहुँका एक जना, लमजुङका एक जना, स्याङ्गजाका एक जना, नवलपुरका चार जना, पर्वतका दुई जना, बाग्लुङका एक जना र म्याग्दी जिल्लाका एक जना छन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७७९ पुगेको निर्देशनालयले जनाएको छ ।