जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीका ४ जना सहित गण्डकीमा थप १७ जनाको मृत्यु पुष्टि,आइतबार कास्कीका २९५ जना सहित गण्डकीमा ९४६ जनामा संक्रमण पुष्ठि

जन्मभुमि खबर,
पोखरा ।

आइतबार गण्डकीमा ९४६ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी दैनिक विज्ञप्ति अनुसार गण्डकीमा थप ९४६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

आज पुष्टि भएका संक्रमित प्रदेशका १० जिल्लाका छन् । जसअनुसार कास्कीका २९५ जना, तनहुँका ६१ जना, गोरखाका १७१ जना, लमजुङका ८ जना, नवलपुरका २५ जना र स्याङ्गजाका ९० जना छन्।

यस्तै, पर्वतका १८ जना, बाग्लुङका ९५ जना, म्याग्दीका १८१ जना र मुस्ताङ जिल्लाका दुई जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३४ हजार ५८२ पुगेको छ ।

आइतबार  गण्डकीमा थप १७ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीमा चार जना, स्याङ्गजाका चार जना, तनहुँका एक जना, पर्वतका एक जना, गोरखाका दुई जना, लमजुङका एक जना, नवलपुरका एक जना र म्याग्दी जिल्लाका तीन जना छन्।

योसंगै गण्डकीमा अहिलेसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५३१ पुगेको निर्देशनालयले जनाएको छ ।