जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीका ४ जना सहित गण्डकीमा थप ६ जनाको मृत्यु पुष्टि,शुक्रबार कास्कीका १११ जना सहित गण्डकीमा ३७६ जनामा संक्रमण पुष्ठि

जन्मभुमि खबर,
पोखरा ।

शुक्रबार गण्डकीमा यस महिनाकै सबैभन्दा कम संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ४०२ जनामा गरिएको नमुना परीक्षणमा ३७६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज संक्रमण पुष्टि हुनेमा प्रदेशका दश जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १११ जना, तनहुँका ३७ जना, गोरखाका २७ जना, लमजुङका ३२ जना, नवलपुरका ७७ जना र स्याङ्गजाका पाँच जनामा कोरोना पुष्टि भएको छ।

यस्तै, पर्वतका ४४ जना, बाग्लुङका ११ जना, म्याग्दीका ३१ जना मुस्ताङ जिल्लाका एक जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४९ हजार ४१४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ३४७ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोना मुक्त हुनेको संख्या ४२ हजार ३०८ पुगेको छ ।

शुक्रबार गण्डकीमा यो महिनाकै सबैभन्दा कम छ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा पोखरामा उपचाररत चार जना, गोरखाका एक जना र नवलपुरका एक जना छन्।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८२३ पुगेको निर्देशनालयले जनाएको छ ।