जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीका ४ जना सहित गण्डकीमा थप १० जनाको मृत्यु पुष्टि,शुक्रबार कास्कीका १५५ जना सहित गण्डकीमा ६८० जनामा संक्रमण पुष्ठि

जन्मभुमि खबर,
पोखरा ।

पछिल्लो २४ घण्टामा गण्डकीका ६८० जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोनासँग सम्बन्धि दैनिक विज्ञप्ति अनुसार गण्डकीका १ हजार ५५४ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज पुष्टि भएका संक्रमित प्रदेशका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १५५ जना, तनहुँका ४९ जना, गोरखाका ७५ जना, लमजुङका ४४ जना, नवलपुरका १२२ जना र स्याङ्गजाका ४९ जना छन् ।

यस्तै, पर्वतका ४८ जना, बाग्लुङका ११८ जना र म्याग्दी जिल्लाका २० जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४५ हजार ४२१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ९४६ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ३५ हजार २५० पुगेको छ।

शुक्रबार पनि गण्डकीमा १० जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीको पोखरा महानगरका विभिन्न अस्पतालमा उपचाररत विभिन्न जिल्लाका सात जना, म्याग्दीको बेनी अस्पतालमा उपचाररत दुई जना र नवलपुरको कावासोती नगरपालिका -८ स्थित होम आइसोलेसनमा बसेका एक पुरुष छन्।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७३३ पुगेको निर्देशनालयले जनाएको छ ।