जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीका ४ जना सहित गण्डकीमा थप १६ जनाको मृत्यु पुष्टि,मंगलबार कास्कीका २०१ जना सहित गण्डकीमा ४७३ जनामा संक्रमण पुष्ठि

जन्मभुमि खबर,

पोखरा ।

पछिल्लो २४ घण्टामा गण्डकीका ४७३ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोनासँग सम्बन्धि दैनिक विज्ञप्ति अनुसार गण्डकीका १ हजार १११ जनामा गरिएको नमुना परीक्षणमा थप ४७३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज पुष्टि भएका संक्रमित प्रदेशका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका २०१ जना, तनहुँका २१ जना, गोरखाका आठ जना, लमजुङका ४१ जना, नवलपुरका ६३ जना र स्याङ्गजाका ३५ जना छन् ।

यस्तै, पर्वतका ६२ जना, बाग्लुङका ३० जना र म्याग्दी जिल्लाका १२ जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४२ हजार ९९७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ६८८ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ३१ हजार ८७९ पुगेको छ।

सोमबार पनि गण्डकीमा १६ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीको पोखरामा उपचाररत विभिन्न जिल्लाका सात जना, तनहुँका दुई जना, नवलपुरका चार जना, स्याङ्गजाका तीन जना, पर्वतका एक जना, बागलुङका एक जना र म्याग्दीका एक जना छन्  ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६९४ पुगेको निर्देशनालयले जनाएको छ ।