जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीका ३ जना सहित गण्डकीमा थप ६ जनाको मृत्यु पुष्टि,सोमबार कास्कीका १३५ जना सहित गण्डकीमा २७७ जनामा संक्रमण पुष्ठि

जन्मभुमि खबर,
पोखरा ।

कास्कीमा पछिल्लो २४ घण्टाको अवधिमा १ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा २ सय ७७ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो ।

पोखराका अस्पतालहरुमा उपचाररत ५ जना र  बेनी अस्पतालमा उपचाररत १ जनासहित गण्डकी प्रदेशका थप ६  जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ८९५ पुगेको छ ।

कोरोनाबाट ज्यान गुमाउनेहरुमा  कास्की जिल्लाका ३ जना, म्याग्दी जिल्लाका १ जना, स्याङ्जा जिल्लाका १ जना र लमजुङ जिल्लाका १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।