जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीका २ जना सहित गण्डकीमा थप ४ जनाको मृत्यु पुष्टि,बिहीबार कास्कीका ११९ जना सहित गण्डकीमा ३३३ जनामा संक्रमण पुष्ठि

जन्मभुमि खबर,
पोखरा ।

बिहीबार गण्डकीमा थप ३३३ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १३४ जनामा गरिएको नमुना परीक्षणमा थप उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज संक्रमण पुष्टि हुनेमा प्रदेशका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ११९ जना, तनहुँका १० जना, गोरखाका १६ जना, लमजुङका ७७ जना, नवलपुरका २५ जना र स्याङ्गजाका २५ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, पर्वतका पाँच जना, बागलुङका ५२ जना र म्याग्दीका चार जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ५१ हजार ७६८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ५६६ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ४५ हजार ९१२ पुगेको छ।

बिहीबार गण्डकीमा थप चार जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका दुई जना र  नवलपुरका दुई जना छन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८६५ पुगेको निर्देशनालयले जनाएको छ ।