जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीका २ जना सहित गण्डकीमा थप ८ जनाको मृत्यु पुष्टि,शनिबार कास्कीका १०५ जना सहित गण्डकीमा ५४३ जनामा संक्रमण पुष्ठि

जन्मभुमि खबर,
पोखरा ।

पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ४६ जना पुरुष तथा ५९ जना महिला गरी १०५ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ४९ हजार ९५७ पुगेको छ।

कास्कीका १०५ सहित म्याग्दीका ४० जना, पर्वतका ८ जना, गोरखाका ५८ जना, लमजुङका ६४ जना तनहुँका १०० जना, बाग्लुङका ७ जना, स्याङ्जाका ६१ जना, मुस्ताङका ८ जना र नवलपुरका ९२ जना गरी प्रदेशका १० जिल्लामा २७५ पुरुष तथा २६८ जना महिलामा कोरोना पुष्टि भएको हो ।

गण्डकीमा थप ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
कोरोनाबाट ज्यान गुमाउनेहरुमा  कास्की जिल्लाका २ जना, म्याग्दी जिल्लाकाे १ जना, लमजुङ जिल्लाकाे १ जना, तनहुँ जिल्लाकाे १ जना, स्याङ्जा जिल्लाकाे १ जना,  गाेरखा जिल्लाका १ जना र  नवलपुर जिल्लाका १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ८३१ पुगेको छ।