जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीका १ जना सहित गण्डकीमा थप ४ जनाको मृत्यु पुष्टि,मंगलबार कास्कीका १४६ जना सहित गण्डकीमा ३८० जनामा संक्रमण पुष्ठि

जन्मभुमि खबर,
पोखरा ।

गण्डकीमा पछिल्लो २४ घण्टामा ३८० जना संक्रमित थपिएका छन् । जसमा १८० जना महिला र २०० जना पुरुष छन् ।

आज भेटिएका संक्रमितमध्ये सबैभन्दा धेरै कास्कीका १४६ जना रहेका छन् ।

यस्तै मुस्ताङमा एक, म्याग्दीमा सात, पर्वतमा आठ, गोरखामा ३५, लमजुङमा १२, तनहूँमा ६५, बागलुङमा ११, स्याङ्जामा ५३ र नवलपरासी पूर्वमा ४२ जना संक्रमित थपिएको डा. शर्माले जानकारी दिए ।
योसहित गण्डकीमा कूल संक्रमितको संख्या ५१ हजार २७ जना पुगेका छन् ।
यसैगरी,
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ४ संक्रमितले ज्यान गुमाएका छन् ।

पोखरामा उपचार गराइरहेका २ सहित प्रदेशका अन्य जिल्लाका गरि प्रदेशमा ४ संक्रमितले ज्यान गुमाएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

ज्यान गुमाउनेमा कास्कीका १, गोरखाका २ बागलुङका १ जना रहेको निर्देशनालयले जनाएको छ ।यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८५४ पुगेको छ ।