जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कांग्रेस महाधिवेशन भदौ १६ बाट

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति फेरि सरेको छ । कांग्रेस पदाधिकारी बैठकले भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

यसअघि भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने तय थियो । आज बसेको पदाधिकारी बैठकले महाधिवेशन कार्यतालिका संशोधन गर्दै केन्द्रीय महाधिवेशनको मिति ९ दिन पर सारेको हो ।