जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कमेडियन आदर्शका पिता विनोद मिश्रको निधन

जन्मभुमि खबर,
पोखरा ।
कमेडियन आदर्श मिश्रका पिता विनोद मिश्रको निधन भएको छ । उनको मंगलबार बिहान चितवनको भरतपुर अस्पतालमा निधन भएको हो । उनलाई आदर्शले सोमबार राती नारायणी अस्पतालबाट उपचारका लागि भरतपुर अस्पताल लगेका थिए ।

नारायणी अस्पतालमा ४ घन्टा डायलसिस गराउनुपर्नेमा ३ घन्टा मात्र गराइएको भन्दै आदर्शकले पितालाई राम्रो अस्पतालमा उपचार गराउने भन्दै भरतपुर अस्पताल लगेका थिए ।

चार बर्षदेखि मिर्गौलाका बिरामी रहेका आदर्शका पिता विनोदको डायलिसस हुँदै आएको थियो । बाराको जितपुरबाट आदर्शकले पितालाई हप्ताको दुई पटक मिर्गौलाको डायलसिस गराउन नारायणी अस्पताल लिएर जाने गरेका थिए ।