जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कपिलवस्तुमा माओवादी केन्द्रका नेता दीपक माथि गोली प्रहार

कपिलवस्तु – नेकपा माओवादी केन्द्रका कपिलवस्तु जिल्ला कमिटी सदस्य दीपक पाण्डेमाथि नचिनेको मानिसको समूहले गोली प्रहार गरेको छ । गोली लागेर पाण्डेसहित दुई जना घाइते भएका कपिलवस्तुका डीएसपी धर्मराज भण्डारीले जानकारी दिनुभयो ।

पाण्डेको पेट र बायाँतिरको कम्मरको हड्डीमा दुई वटा गोली लागेको छ भने पाण्डेसँगै मोटरसाइकलमा रहेका २६ वर्षका भारतीय नागरिक इयाज अख्तर मुसलमानको पाखुरामा गोली लागेको छ ।
तौलिहवातर्फ जाँदै गरेका पाण्डेलाई एउटा मोटरसाइकलमा आएका तीन जनाको समूहले मोटरसाइकल रोकेर गोली हानेको डीएसपी भण्डारीले जानकारी दिनुभयो । उनीहरुको भैरहवामा रहेका मेडिकल कलेजमा उपचार भइरहेको छ ।