जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कतारका राजा नेपालमा

जन्मभुमि खबर ,
पोखरा ।

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन्। दुई दिने भ्रमणका क्रममा उनी मंगलबार दिउँसो साढे ३ बजे आसपास उनको विमान त्रिभुवन विमानस्थल अवतरण गरेको हो।

राजा थानी बंगलादेशबाट काठमाडौं आएका हुन्। उनी नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा नेपाल भ्रमणमा आएका हुन्।

उनलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गरेका छन्। उनी बुधबार स्वदेश फर्किनेछन्।