जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

एन.सी.सी.अल्मुनाई एशाेशियसन नेपालकाे पाँचौ वार्षिकोत्सव सम्पन्न ।

विवेक न्याैपाने
एन.सी.सी.अल्मुनाई एशाेशियसन नेपालकाे पाँचौ वार्षिकोत्सवकाे अवसरमा गण्डकीद्वारा आयोजित प्रभातफेरि तथा साँस्कृतिक कार्यक्रम २०७९ सम्पन्न भएकाे छ ।
स्थापना दिवसको अवसरमा प्रमुख अतिथि पश्चिम पृतना हे.क्वा.का पृतनापति उपरथी श्री दिपक कुमार बानियाँले राष्ट्रिय प्रकाेपमा पनि तत्काल राहत गर्न सक्ने युवा स्वयमसेवक निर्माण गर्न पबित्र उदेश्यले स्थापना भएकाे कुरा राख्दै एन.सी.सी.अल्मुनाईको प्रशंसा गर्नु भयो ।
श्री सैनिक महाविधालय फुलबारीका प्रधानाध्यापकले कुनै पनि बेला एन.सी.सी.अल्मुनाईसँग भएकाे ज्ञान प्रस्फुटन हुदा आफुलाई गर्व लागेको बताउनु भयो ।
श्री सशस्त्र प्रहरी बल नेपाल नं २४ गण हे.क्वा.कालिका कास्कीका सशस्त्र बल नायब उपरीक्षक विकास अर्यालले एन.सी.सी. क्याडेडलाई देशकाे जिम्मेवारी तपाईहरूकाे काँधमा रहेकाे कुरा बताउनु भयाे ।
श्री राष्ट्रिय अनुसन्धान विभाग क्षेत्रिय कार्यालय कास्कीका अनुसन्धान निर्देशक मधु कार्कीले देश बनाउनलाई व्यती,परिवार र समाज मिल्ने र अनुशासित हुनुपर्ने कुरामा जाेड दिनुभयाे ।
कार्यक्रमको सभाध्यक्ष एन.सी.सी.अल्मुनाई एशाेशियसन गण्डकी प्रदेशकि निर्देशक उर्मिला श्रेष्ठले आफ्नो संस्थाले गरेको कामको प्रतिबेदन पेश गर्नु भयो साथै सबै क्षेत्रलाई समेटेर लाने कुरामा विशेष जाेड दिनुभयाे ।