जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

एक हजार रुपैयाँले घट्यो सुनको मुल्य

शुक्रबार नेपाली बजारमा सुनको मुल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । अघिल्लो दिन ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक हजार रुपैयाँले घट्दै ९१ हजार ५०० रुपैयाँमा झरेको हो ।

यस्तै तेजाबी सुनको मुल्य समेत आज तोलामा एक हजार रुपैयाँले नै घट्दै ९१ हजार रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मुल्य भने आज तोलामा १० रुपैयाँले घट्दै एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।