जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

एक महिनाभित्र विद्युतीय सवारी सञ्चालन सम्बन्धी मापदण्ड तयार गर्ने मन्त्री चुमानको निर्णय

गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमानले एक महिनाभित्र प्रदेशमा विद्युतीय सवारी सञ्चालन सम्बन्धी मापदण्ड तयार गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्।

मंगलबार मन्त्री नियुक्त भएसँगै बुधबार पदभार ग्रहण गर्दै उनले गण्डकी प्रदेशमा विद्युतीय सवारी सञ्चालन संबन्धी मापदण्ड तयार गरि लागु गर्ने निर्णय गरेका हुन्।

त्यसैगरी गुरुयोजनामा आधारित योजना प्राथमिकीकरण गर्ने सम्बन्धी निर्णय गरेका उनले तनहुँको बुदसिंह मार्गमा पर्ने बन्दीपुर गाउँपालिका ६ कुचिलाफेद र देबघाट गाउँपालिका ३ तनहुँ जोड्ने सडक अन्र्तगत सेती नदीमा पुल निर्माण कार्य आरम्भको लागि प्रक्रिया अघि बढाउने निर्णय  गरेका छन्।

यस्तै उनले सरकारको पहिलो योजना संघियताको पूर्ण कार्यान्वयन गर्दै जनतामा सकारात्मक भाव पैदा गर्ने रहेकाले त्यसलाई मध्यनजर गरी कार्य गर्न कर्मचारीलाई निर्देशन दिए। योजनाहरूको बर्गीकरण गरी संघ, प्रदेश र स्थानीय तहको कार्य विभाजन गरेर प्राथमिकता दिन निर्देशन दिए।