जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आहा रारा पोखरा गोल्डकप एपीएफ फुटबल क्लबलाई ४–१ ले हराउँदै संकटा फाइनलमा

जन्मभुमि खबर ,
पोखरा ।

२२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा संकटा क्लब फाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको खेलमा साविक विजेता विभागीय टोली एपीएफ फुटबल क्लबलाई ४–१ ले हराउँदै संकटा फाइनल पुगेको हो । संकटाको जितमा मेसुकी र स्टेफेन बिनोङले २/२ गोल गरे ।

एपीएफका लागि हरि कार्कीले १ मात्र गोल गरे । संकटाले खेलमा सुरुबाट नै दबाब बनाएको थियो । संकटाका लागि बिनोङले खेलको चौंथो मिनेटमै गोल गरेका थिए । पछि मेसुकीले ४०औं मिनेटमा गोल गरे भने बिनोङले पनि ६०औं मिनेटमा गोल गरे ।

एपीएफले ७३ औं मिनेटमा गोल फर्काए पनि मेसुकीले ८५औं मिनेटमा गोल गरेपछि संकटाले सहजै खेल जित्यो । संकटाले फाइनलमा चर्च ब्वाइज र भुटानी युथ स्पोर्टस् क्लब, अमेरिकाबीचको विजेतासँग खेल्नेछ ।