जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आहा रारा पोखरा गोल्डकप: आयोजक सहारालाई हराउँदै धरान क्वाटरफाइनलमा

आयोजक सहारा फुटबल क्लबलाई हराउँदै धरान फुटबल क्लब आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । धरानले सहारालाई १-० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।

धरानले खेलको चौंथो मिनेटमै गोल गर्दै अग्रता कायम गरेको हो । धरानका लागि प्रकाश बुढाथोकीले फ्री किकमा गोल गर्दै अग्रता दिलाएका थिए ।

धरानले क्वाटरफाइनलमा नेपाल एपीएफ क्लबसँग खेल्ने छ । एपीएफ बाइ पाउँदै क्वाटरफाइनलमा गएको थियो । प्रतियोगिताको दोस्रो खेलमा शुक्रबार नेपाल पुलिस क्लब र चर्च ब्वाइज भिड्ने छन् ।