जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आहा रारा पोखरा गोल्डकप : आज चर्च ब्वाइज र भुटनिज युथ भिड्ने

जन्मभुमि खबर ,
पोखरा ।

आहा रारा पोखरा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनल खेलमा बिहीबार चर्च ब्वाइज युनाईटेड र भुटनीज युथ सकर क्लबबीच खेल हुनेछ ।

पोखरा रंगशालामा दुई टोलीबीचको खेल दिउँसो दिउँसो २ बजे सुरू हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।

ए डिभिजनको चर्च ब्वाइज र अमेरिकाको भुटनिज युथ बिहीबारको खेल जित्दै प्रतियोगिताको फाइनल पुग्ने योजनामा हुनेछन् । विजेताले उपाधिका लागि संकटा क्लबसँग फाइनल खेल खेल्नेछ ।

पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा साविक विजेता ए.पी.एफ क्लबलाई ४–१ ले हराउँदै संकटा क्लबले २२ औं संस्करणको आहा रारा गोल्डकपको फाइनलमा स्थान बनाएको छ ।

फाइनल खेल शनिबार हुनेछ । विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन् ।