जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आहा रारा गोल्डकप फूटबलको फाइनल ,आज संकटा र अफ्रिकन रुट भिड्दै

जन्मभुमि खबर,
पोखरा ।

पोखरामा जारी १९ औं संस्करणको आहा रारा गोल्डकप फूटबलको उपाधि भिडन्त आज हुँदैछ ।

प्रतियोगिताको फाइनल खेलमा संकटा क्लब र अफ्रिकन रुट एसोसियसनले प्रतिस्पर्धा गर्न लागेका छन् ।

फाइनल अघि दुबै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्नका लागि खेल्ने बताएका छन् । संकटाका मुख्य प्रशिक्षक सल्यान खड्कीले पाँच पटकको प्रयासमा फाइनल पुगेको बताउँदै आफ्नो लक्ष्य उपाधि उचाल्नु रहेको बताए ।

संकटाले पहिलो सेमिफाइनलमा एपीएफलाई २-० ले हराएर फाइनल यात्रा तय गरेको थियो । उता अफ्रिकन रुट भने पहिलो सहभागितामै फाइनल पुगेको छ ।

अफ्रिकनले दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २-० ले पराजित गरेको थियो । अफ्रिकनका प्रशिक्षक सिंगे बोरिसले पनि नेपालकै प्रतिष्ठित उपाधि उचाल्न फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने बताए ।

प्रतियोगिताको विजेताले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले नगद ५ लाख १ हजार प्राप्त गर्ने छ । पोखरा रंगशालामा हुने खेल दिउँसो साढे दुई बजे शुरू हुनेछ ।