जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आहा ! रारा गोल्डकप : नेपाल पुलिस लाइ २ गोल ले हराउँदै अफ्रिकन रुट्स फाइनलमा प्रवेश

जन्मभुमि खबर
पोखरा ।

बिदेशी टिमअफ्रिकन रुट एसोसियसन पोखरामा जारी १९ औ संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा आज (बिहीबार) भएको दोस्रो सेमिफाईनल खेलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै अफ्रिकन रुट उपाधि नजिक पुगेको हो ।

अफ्रिकन रुटको यात्रालाई उपाधि नजिक पुर्याउन बासेक र मौस्साले एक एक गोलको योगदान दिए । पहिलो हाफको तिन मिनेटमै बासेकले गोल गर्दै अफ्रिकन रुटलाई अग्रता दिलाए ।

केही समय रुटले पुलिस क्लबलाई दबावमा राखेपनि पुलिसले सम्हाल्दै १ गोलमै रोकेको थियो । पुलिसले पनि गोल गर्ने मौका पाएको थियो । तर मौकालाई सदुपयोग गर्न नसक्दा सेमिफाईनलबाटै बाहिरियो ।

अफ्रिकन रुटको लागि खेलको घाइते समयमा मौस्साले दोस्रो गोल गर्दै २–० को गोल अन्तरले जीत दिलाए ।सहारा क्लबका अध्यक्ष केशव बहादुर थापाका अनुसार उक्त खेलबाट मौसा म्यान अफ दि म्याच घोषित भए ।

थापाका अनुसार पहिलो पटक सहभागिता जनाएको अफ्रिकन रुट पहिलो पटक नै फाइनल पुगेको हो । अब उपाधिका लागि अफ्रिकन रुटले आगामी शनिबार (२८ गते) दिउँसो २ बजे संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । यसअधि संकटा क्लबले एपीएफलाई पराजित गर्दै फाईनल प्रवेश गरेको थियो ।

चैत २८ गतेसम्म पोखरा रंगशालामा चल्ने प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा एक करोड २९ लाख १ हजार आम्दानी र एक करोड एक लाख ८१ हजार बचत हुने आशा आयोजकको छ । बचत रकम सहाराको एकेडेमीमा खर्च गरिनेछ । हाल एकेडमीमा २४ बालक आश्रित छन् ।