जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आवश्यक सुरक्षा सामाग्री र सेवा सुविधा बृद्धिको माग गर्दै मणिपाल शिक्षण अस्पतालका कर्मचारीहरु आन्दोलित

जन्मभुमि खबर,
पोखरा ।

पोखरास्थित मणिपाल शिक्षण अस्पतालका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । अस्पताल प्रशासनले कोभिड बिरामीको उपचारमा खटिने कर्मचारीका लागि आवश्यक सुरक्षा सामाग्री र सेवा सुविधा बृद्धिको माग गर्दै गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

कोरोना संक्रमित विरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई आवश्यक मात्रामा गुणस्तरीय पीपीई, माक्स, ग्लोब्स लगायतका स्वास्थ्य सामग्रीको माग गर्दै आन्दोलनमा उत्रिएको स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष नवराज भण्डारीले जानकारी दिनुभयो  ।

उहाले  प्रशासनलाई कोभिड संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई आवश्यक मात्रामा स्वास्थ्य सामाग्री र थप अतिरिक्त सुविधाको व्यवस्था गर्न पटक– पटक आग्रह गरेपनि बेवास्ता गरेपछि पहिलो दिन स्वास्थ्यकर्मी अस्पतालको गेट अगाडि जम्मा भएर सांकेतिक आन्दोलन गरिएको जानकारी दिनुभयो  ।
अध्यक्ष भण्डारीले ड्युटीमा रहेका बाहेक सबै कर्मचारी अस्पताल बाहिर जम्मा भएर प्रदर्शन गरिरहेको  बताउनुभयो  । उनीहरूले अस्पताल प्रशासनले कोभिडका बिरामीको उपचार गर्ने तथा प्रयोगशालामा काम गर्नेहरूलाई अस्पताल परिसरमै आवासको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।
अस्पतालमा अहिले ४५ जना कोभिडका बिरामीले उपचार गराइरहेका छन् । उनीहरुको उपचारमा हाल दुइ सिफ्टमा २५ जना कर्मचारी खट्दै आएका छन् ।