जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आवश्यक परे जुन सुकै बेला पनि आन्दोलनको आधिबेरी सृजना गर्न सक्छौ:अध्यक्ष हरिश्चन्द्र बास्तोला

नेपाल विधालय कर्मचारी परिषद कास्की जिल्लाको समितिद्वारा आयोजित बृहत् भेला २०७९ सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख नारायण प्रसाद सुवेदीले संगठन बनाएर नेपाल भरिका विधालय कर्मचारी एकजुट भएमा यो आन्दोलन सफल हुने जानकारी गराउनु भयो ।

विशेष अतिथी पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले माग प्रती सकरात्मक र स्थानीय तहले दिने सेवा सुविधालाई नरोकी प्रदान गर्ने बताउनु भयो ।

त्यस्तै गरि कार्यक्रममा रुपा गाउपालिका र माछापुछ्रे गाउपालिका शिक्षा शाखा प्रमुखले आफ्नो ठाउँबाट सक्दो पहल गर्ने कुरा व्यक्त गर्नु भयो ।

कार्यक्रममा जिल्ला भरिका १५० विधालय कर्मचारीको उपस्थिती थियो भने कार्यक्रमको अध्यक्षता हरिश्चन्द्र बास्तोलाले गर्नु भएको थियो ।

हाम्रा माग पूरा नभइन्जेल कुनै पनि काम नगरी विरोध गर्ने, आइतबार(भाेली) हुने भनेको SAS को तालिमको अवज्ञा गर्ने र आवश्यक परे जुन सुकै बेला पनि आन्दोलनको आधिबेरी सृजना गर्न सकिने चेतावनी पनि दिनु भयो।

कार्यक्रम सन्चालन संस्थाका सचिव किशान भन्डारीले गर्नुभयो ।