जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आत्मदाह प्रयास गरेका प्रेमप्रसादको निधन

संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको बुधबार विहान पाँच बजे निधन भएको अस्पताल स्रोतले जानकारी दियो।

शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गर्दा इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्य गम्भीर घाइते भएका थिए।

पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा उनको शरीरको ८० प्रतिशत भाग जलेको थियो।

घटनास्थलबाट तत्कालै कीर्तिपुरस्थित बर्न अस्पताल लगिएर उनको उपचार गरिएको थियो।

आत्मदाहअघि सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले देशमा गरिखाने अवस्था नभएकोले आफूले मृत्यु रोज्न खोजेको उल्लेख गरेका छन्।

आफूलाई युवा उद्यमी भन्दै ३६ वर्ष पार गर्दा पनि गरिएको कुनै पनि कामबाट केही उपलब्धि हासिल नभएको भन्दै असफलताको कथा लेखेको बताएका छन्।