जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आज मुस्लिम समुदायले ईद उल फित्र मनाउँदै,घरमै बसेर मनाउन मुस्लिम आयोगको अपिल

जन्मभुमि खबर
पोखरा ।

नेपाल मुस्लिम आयोगले इद उल फित्र घरमै बसेर मनाउन अपिल गरेको छ ।

मुस्लिम धर्मावलम्बीहरुको एक महिना लामो रमदान ब्रत विहिबार सकिएको छ । आज शुक्रबार पहिलो नमाज पढेपछि इद उल फित्र मनाउने गरिन्छ ।

कोरोना संक्रमणको कारण रमदान महिनाभरि मुसलमान समुदायले नजिकको मस्जितमा गएर नमाज पढ्न पाएनन् भने सामुहिक रुपमा मनाईने इदउल फित्र पर्व पनि घरमा नै मनाउनु पर्ने भएको छ ।

नेपाल मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले कोभिड संक्रमणको जोखिम बढ्दै गएको हुँदा सामुहिक रुपमा नमाज नपढ्न र इद उल फित्र पनि घरमा नै बसेर मनाउन आग्रह गर्नुभयो ।

यस्तै अध्यक्ष अन्सारीले स्थानीय स्तरमा आईसोलेसन तथा क्वारेन्टीन केन्द्र बनाउन आवश्यक देखिए मस्जित तथा मदरसा उपलब्ध गराउन मस्लिम समुदायलाई आग्रह पनि गर्नुभएको छ ।

मुस्लिम धर्माबलम्बीहरुले मान्ने हिजरी संम्वतको नवौं महिना रमादान महिना हुने र रमादान महिनाभर ब्रत (रोजा) बस्ने चलन छ । यो महिनामा कुरान आएको भन्ने विश्वास गरिन्छ ।