जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आगामी वर्ष १०० वटा विद्युतीय बस सञ्चालन गरिने

साझा यातायातमार्फत आगामी आर्थिक वर्षमा काठमाडौं उपत्यका न्यूनतम १०० वटा विद्युतीय बस सञ्चालन गरिने सरकारले घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्रीले यस्तो घोषणा गरेका हुन् । उनले विद्युतीय गाडीका लागि ५०० चार्जिङ स्टेसन बनाइने पनि बताए ।

आगामी आर्थिक वर्षदेखि विद्युतीय सवारी साधनको दर्ता प्रक्रिया सुरु गरिने पनि उनले बताए ।