जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आँधीखोलाको बीचमा घनश्याम ढकालको शव भेटियो

स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका ३ स्थित आँधिखोलामा एक पुरुषको शव भेटिएको छ ।

आँधीखोला बयरघारीमा भेटिएका अन्दाजी ५० वर्षीय पुरुष स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका वडा नं ६ का घनश्याम ढकाल रहेको पुष्टि भएको छ।

केही दिनदेखि परेको वर्षका कारण बढेर आएको आधिँखोलाले ती पुरुषलाई बगाएर ल्याएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार आँधीखोलाको बीच भागमा उठेको ढिस्कोमा पुरुषको शव भेटिएको हो ।

शव पोस्टमार्टमको लागि गह्रौँ प्राथमिक अस्पताल वालिङमा लगिएको छ ।