जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

असार १ गतेबाट काठमाडौंमा मेलम्चीको पानी नआउने

मेलम्ची खानेपानी आयोजनाको पानी झन्डै एक महिना काठमाडौंमा नआउने भएको छ ।

आयोजनाले हालसम्म सुरुङ परीक्षणको रुपमा काठमाडौं पानी पठाएको थियो । ३ महिनाको सुरूङ परीक्षण अवधि सकिएपछि पुनः त्रुटीहरूबारे अध्ययनका लागि पानी बन्द गर्नुपर्ने अवस्था आएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

‘सुरुङकाे परीक्षणका क्रममा फागुन १० गतेबाट आएकाे पानी असार १ गतेदेखि राेकिनेछ,’ आयोजनाका डिभिजनल इञ्जिनियर राजेन्द्र पन्तले भन्नुभयो, ‘पानी खाली गर्न १५ दिन र परीक्षणका लागि १० दिन लाग्नेछ, सुरुङमा त्रुटी नभेटिए ११ दिन पछि पानी पठाउन सकिन्छ ।’

अहिले मेलम्ची खानेपानी आयोजनाबाट १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा आइरहेको छ । त्यो पानी नआउँदा केही समय पुन पानीको कमी हुने भएको छ । राजधानीबासीको लामो प्रतिक्षापछि गत चैत्र १५ गतेपछि उपत्यकाका विभिन्न स्थानहरूमा पानी पठाउन सुरु गरिएको थियो ।