जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अविरल बर्षाका कारण पोखरा १७ स्थित छोरेपाटनको राजमार्गकै सडक भासियो, पोखरा ६ बैदाम र पोखरा ९ नयाँबजारमा पनि केही घरमा क्षती

जन्मभुमि खबर,
पोखरा ।

पोखरा । हिजो देखी परेको अविरल वर्षाका कारण पोखराका विभिन्न क्षेत्रहरुमा असर गरेको छ । पोखरा १७ स्थित छोरेपाटनको मुख्य सिदार्थ राजमार्गकै सडकमा भ्वाङ परेको छ ।

स्थानीयका अनुसार पोखरा १७ र २२ को माथिल्लो क्षेत्र बाट आएको पानीले निकाश नपाउदा सडकमा पानीको ताल नै बन्ने र सडक नै भासिने समस्या बर्षेनी हुने गरेको बताउछन ।

अहिले भासिएको सडकलाई डोजरले सम्माइ सकेको छ ।

आज बिहाननै अविरल वर्षाका कारण पोखरा ६ बैदाम र पोखरा ९ नयाँबजारमा पनि केही घरमा क्षति पुर्याइेको छ भने केही घर जोखिममा परेका छन । वर्षाका कारण पोखरा ९ नयाँबजार सिद्धमार्ग देखी सेती नदी जाने बाटो छेउ भत्किएको छ ।

सो क्षेत्र वरिपरिका घरहरु जोखिममा पहेका छन् । अहिले घटनास्थलमा प्रहरीको टोली परिचालन गरिएको छ। भने, जोखिमयुक्त घर तथा बस्तीका मानिसलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह गरिएको छ।

हिजोदेखि परेका वर्षाले धेरै स्थानमा बाढी र पहिरोको जोखिम बढेको छ । यसै गरी पोखरा ६ बैदामको स्ट्रिट ३१ स्थित वसन्त बैठक नहर मार्गमा नहरमा आएको बाढी थुनिदा तीन घरमा क्षति पुगेको छ ।

बाटो निर्माणको क्रममा माटोले थुनिएको नहरमा भारी वर्षाका कारण आएको पानीको बहाव बस्तीमा छिर्दा तीन घरमा क्षति पुगेको हो ।