जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अमेरिकन आइडलकाे टप ७ बाटै बाहिरिए आर्थर गन दिवेश

नेपाली मुलका गायक दिवेश पोखरेल (आर्थर गन ) अमेरिकन आइडलको  टप सातबाटै बाहिरिएका छन् ।

गतवर्षको १८औं सिजनमा अमेरिकन आइडलको उपविजेता बनेका दिवेश सोमबार बिहान सार्वजनिक भएको भोटिङको नतिजापछि टप ७ बाट माथि बढ्न सकेनन् ।

गतवर्षका १० प्रतिस्पर्धीलाई अमेरिकन आइडलले दोस्रो मौका दिएकाे थियो। उनले पनि साेही अभिप्रायका साथ यस सिजनमा सहभागीता जनाएका हुन् ।आइतबार मदर्स डे स्पेसल इपिसोडमा उनले अमेरिकन आइडलमा अन्तिम प्रस्तुती दिएका थिए । रासस